काठमाडाै । ज्योति लाइफ इन्स्योरेन्स लिको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।
बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।
ज्योति लाइफको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकबाट ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ९७ हजार ८३५ आवेदकबाट माग भएको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्तामात्र सदर भएको छ।
कुल आवेदनमध्ये ४१ हजार ७०३ आवेदकबाट माग भएको २५ लाख २८ हजार ६५० कित्ता बदर भएको छ। त्यस्तै शंकास्पद ३१ हजार ५०५ आवेदकबाट परेको ६ लाख ४१ हजार ४७० कित्ता तथा अयोग्य २ हजार ९४२ आवेदक परेको ५८ हजार १० कित्ता पनि बदर भएको छ।
पछिल्लो व्यवस्था अनुसार लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।
आइपीओ रिजल्ट https://iporesult.cdsc.com.np/ पोर्टलमा रिजल्ट हेर्न सकिनेछ ।





Comment