नेपाल सहकारी बैंक स्थापनाको विषयमा महासंघ मौन,बढ्यो अन्याैल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

नेपाल सहकारी बैंक स्थापनाको विषयमा महासंघ मौन,बढ्यो अन्याैल



काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको विषयमा राष्ट्रिय सहकारी महासंघमा छलफल भएको छ ।

बिहीबार बसेको महासंघको सञ्चालक समितिको बैठकमा बैंक दर्ताको विषयमा छलफल भएको हो । प्रस्तावित नेपाल सहकारी बैंक स्थापनाको विषयमा राष्ट्रिय सहकारी महासंघ मौन रहेको छ ।

सङ्घीय सहकारी विभागले महासंघ र राष्ट्र बैंकको सिफारिस आवश्यक भएको भन्दै पत्र पठाए पनि नेपाल सहकारी बैंक स्थापनाका विषयमा महासंघमा मत बाझिएपछि कुनै निर्णय नभएको एक सञ्चालकले जानकारी दिए ।

बिहीबार बसेको महासंघको सञ्चालक समितिको बैठकमा बैंक दर्ताको विषयमा छलफल मात्र भएको हो । सहकारी नियमावली २०७५ अनुसार सहकारी बैंक गठन गर्न राष्ट्रिय सहकारी महासंघको सिफारिस अनिवार्य गरेको छ ।

प्रस्तावित नेपाल सहकारी बैंले तदर्थ समिति बनाई दर्ताका लागि फागुन २५ गते सङ्घीय सहकारी विभागमा फाईल पेस गरेको थियो ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार २०:५०