काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
गत ५ पुसमा सरकारले मन्त्रीपरिषद् बैठकबाट नै संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सोही दिनमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सरकारको निर्णयलाई सदर गरिदिएकी थिइन् । सर्वोच्च अदालतले गत ११ फागुनमा संसद पुनःस्थापनाको निर्णय गर्दा नै २४ गते भित्र संसद बोलाउन आदेश दिएको थियो ।
Comment