बजेट सबैलाई खुसी पार्ने खालको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजेट सबैलाई खुसी पार्ने खालको



Ramsharan-Mahatकाठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट प्रस्तुत गरेको छ । प्रस्तुत १० खर्ब ४८ अर्बको बजेट सबैलाई खुसी पार्ने खालको रहेको पूर्व अर्थमन्त्री रामशण महतले बताएका छन् ।

उनले प्रस्तुत बजेटमा १०१५ वर्षमा सम्पन्न गरिने योजना ल्याइएको टिप्पणी गर्दै खर्च नहुने बजेट ल्याइएको बताए । उनले बजेटमा अधिकांश योजना राजनीतिक अभिप्रायले ओतप्रोत भएको भन्दै कार्यान्वयन हुनै नसक्ने धारणा राखे ।

बजेट सार्वजानिक भएपश्चात संविधानसभा परिसरमा बजेटबारे टिप्पणी गर्दै उनले केही पूराना कार्यक्रम कार्यान्वयन हुने देखिएपनि बाँकी अन्य योजना कार्यान्वयनमा आशंका व्यक्त गरे । त्यस्तै पूननिमार्णमा बजेटले खासै समेट्न नसकेको भन्दै पूननिमार्णमा निराशाजनक अवस्था रहेको बताए ।

 

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार ०२:३१