काँग्रेसले देशभरका वडामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काँग्रेसले देशभरका वडामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै



काठमाडौँ । नेपाली काँग्रेसले आज देशभरका सबै वडामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित रहेको काँग्रेसले देशका ६ हजार ७४३ वडामा विरोध कार्यक्रम गर्न थालेको हो ।

काँग्रेस सभापति शेर बहादुर देउवाले वडाहरुमा हुने यस प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

सभापति देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत रहेको भन्दै विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार ११:०५