धितोपत्र बोर्डको नियमन क्षमता प्रभावकारी बन्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डको नियमन क्षमता प्रभावकारी बन्ला ?



SEBON-e1420520405658काठमाडौं । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले नियमन क्षमता प्रभावकारी बनाउन जनशक्ति थप गरेको छ ।  सूचीकृत कम्पनीको संख्या, सामूहिक लगानी कोष तथा मर्र्चेन्ट बैंकरलगायत नियमन गर्नुपर्ने संस्था बढे पनि त्यस अनुपातमा जनशक्ति अभाव हुँदै आएको थियो ।

जनशक्ति थपेपछि बोर्डको दैनिक काम तथा अनुगमन प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्देशक, उपनिर्देशकसहितका पदहरूमा खुला प्रतिस्पर्धाबाट कर्मचारी थपिएको बोर्डले जानकारी दिएको छ ।  एक निर्देशक तथा सात जना उपनिर्देशकको अन्तर्वार्ता भई उत्तीर्ण हुनेको नामावलीसमेत सार्वजनिक गरिएको छ । जस अनुसार निर्देशकमा कृष्णराज पोखरेल छन् । पोखरेल स्टक एक्सचेन्जका उपप्रबन्धक एवं सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सञ्चालक हुन् ।

यसैगरी, उपनिर्देशकहरूमा प्रशासन समूहतर्फ रुपेश केसी, नारायणप्रसाद शर्मा र तेजप्रसाद देवकोटा रहेका छन् । उपनिर्देशकमै प्रशासनतर्फ महिलामा दीपा दाहाल र आदिवासी, जनजातिमा दिपेश ताम्राकार छानिएका छन् ।  यस्तै, उपनिर्देशक लेखा समूहमा अम्बिकाप्रसाद गिरी र कानुनमा निरञ्जय घिमिरेले नाम निकालेका छन् । यीमध्ये अम्बिका गिरी तथा निरञ्जय घिमिरे धितोपत्र बोर्डकै कर्मचारी हुन् । वरिष्ठ सहायक पदमा पनि लिखित परीक्षा भइसकेको र छिट्टै अन्तर्वार्ता हुने बोर्डले जनाएको छ ।
जनशक्ति थप्ने कार्य अघि बढाएसँगै धितोपत्र बोर्डले हकप्रद सेयरमा क्रेडिट रेटिङ गर्न नपर्ने अनि आवश्यक कागजपत्र प्राप्त भएको पाँच दिनभित्रै हकप्रद निष्कासन अनुमति दिने तयारी गरेको छ । जनशक्ति थप गरेपछि यो काम तोकिएको समय गर्न सकिने बोर्डको भनाई छ । बोर्डले यसअघि कार्यकारी निर्देशकको पद खडा गरी त्यहीँ निर्देशक पदमा कार्यरत निरज गिरी र परिष्ठ पौड्याललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको थियो । यसैगरी उपनिर्देशक पदका कतिपय निर्देशकमा बढुवा भएका थिए ।

प्रकाशित : १४ जेष्ठ २०७३, शुक्रबार १५:२७