राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडाै । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो ।बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुने केन्द्रिय बैंकको भनाइ छ ।


दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।

प्रकाशित : 28 December, 2020 10:57 am