श्रेष्ठ ‘सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित, विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

मुख्य समाचार

श्रेष्ठ ‘सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित, विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल सहकारी पत्रकार समाजले १० औं वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

श्रेष्ठ लामो समयदेखि सहकारी क्षेत्रमा कलम चलाउँदै आएका छन् । सिजेएनले हरेक वर्ष स्थापना दिवसको अवसरमा (भदौ १९गते) प्रदान गर्दै आएका उक्त पुरस्कार यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो ।

त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको छ । विलासी लामो समयदेखि कर्पोरेट नेपालमा कार्यरत छन् ।

प्रकाशित : ११ पुस २०७७, शनिबार २१:३४ 26 December, 2020 9:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।