काठमाडौ । सरकारले द्धन्द्धकालका द्वन्द्वपीडित परिवारलाई अब बन्न्े जलविद्युत् आयोजनामा ५ लाख सम्मको शेयर लगानी गर्न दिने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा द्वन्द्वपीडितको सम्मान र उनीहूरुको जीवन गुजारामा
सहयोग हुने अपेक्षाको साथ आगामी बजेटमा यो अवधारण ल्याउने तयारी भएको हो। यसको लागि कुनै एक विशेष समयको द्वन्द्वपीडित नभनी देशमा रहेका सबै प्रकारका पीडितहरुलाई समावेश गर्ने तयारी भएको समेत बताइएको छ । सकाले आर्थिक वर्ष २०७३–७४ का लागि १० खर्ब हाराहारिको बजेट ल्याउने तयारी गरेको छ ।
24 May, 2016 12:58 pm





Comment