काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
कम्पनीले सेबोनबाट कात्तिक २८ गते स्वीकृति पाएसँगै आईपीओ आउने भएको हो ।
कम्पनीले जेठ २५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको १२ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।





Comment