एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।

उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५१.५४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २८.५६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंककाे सञ्चालन नाफा पनि ५१.५४% ले घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९८ करोड ६९ लाख ९९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ५१ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार ११:५८