महुली लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

महुली लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको मंसिर ४ गते बसेको १८५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत वितरण गर्न प्रस्ताव गरिएको संस्थाले जनाएको छ ।

संस्थाको २०८३ असार मसान्तमा कायम चुक्ता पुँजी ३८ करोड ७४ लाख ४४ हजार ८६६ रुपैयाँ ४६ पैसाको आधारमा ९.५० प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गरिएको छ । यसअनुसार ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस सेयर वितरण हुनेछ ।

त्यस्तै, ०.५० प्रतिशतका दरले १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गरिनेछ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०८३, सोमबार १२:०७ 23 November, 2026 12:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।