६० लाख कित्ता बराबरको आईपीओ निष्काशन हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

६० लाख कित्ता बराबरको आईपीओ निष्काशन हुँने



प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको आईपीओ निष्काशन आउने भएको छ ।

कम्पनीले शेयर जारी गर्न असोज १४ गते नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको हो । यससँगै धितोपत्र बोर्डबाट आवश्यक प्रक्रिया पूरा भई शेयर जारी गर्न स्वीकृति पाएपछि कम्पनीले मिति तोकेर सार्वजनिक निष्काशन गर्ने बताइएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।

प्रकाशित : 8 November, 2020 12:13 pm