आज देखि जनरल इन्स्योरेन्सको कारोबार, ओपन रेञ्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

आज देखि जनरल इन्स्योरेन्सको कारोबार, ओपन रेञ्ज कति ?



काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) बाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

हिजाे साेमबार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका जिआइसी (GIC) संकेत प्रदान गरिएको छ ।

प्रकाशित : 13 October, 2020 10:45 am