सरकार भन्छ – पुनः लकडाउन हुन सक्छ ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकार भन्छ – पुनः लकडाउन हुन सक्छ !



काठमाडौँ ।सरकारका प्रवक्ता एवम् प्ररराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले सरकारले जारी गरेका मापदण्डमा नागरिकले पालना नगरे पुनः लकडाउन हुने बताएका छन् ।

यथास्थितिमा लकडाउन वा निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको उनले बताए । ‘तर नागरिक संवेदनशील भएनन् भने लकडाउन गर्न सरकार बाध्य हुनेछ’, उनले भने ।

लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए ।

‘काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेका छन’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले नागरिकहरू नै विशेष सचेत हुनुपर्छ ।’

प्रकाशित : २५ आश्विन २०७७, आईतवार १९:३१