अब यी शर्त माने मात्र लाभांश बाड्न पाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

अब यी शर्त माने मात्र लाभांश बाड्न पाइन्छ



काठमाडाै । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार यस सम्बन्धी साविकको कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको हो ।

राष्ट्र बैंकले नयाँ कार्यविधि लागू गर्दै लाभांश वितरणमा शर्तैशर्त तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई नगद ३० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने व्यवस्था गरेको छ । त्यो अनुसार गत आवको वितरणयोग्य नाफको ३० प्रतिशत भन्दा बढी नगद लाभांश दिन पाउने छैनन् । यी लगायत अन्य शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।

त्यो बराबरको नगद लाभांश वितरण गर्न पनि गत असार मसान्तसम्म कायम निक्षेपको भारित औषत व्याजदरको प्रतिशत भन्दा बढी बनाउन नहुने राष्ट्र बैंकको निर्देशन रहेको छ ।

साथै, नाफा चुुक्तापुँजीको ५ प्रतिशत भन्दा कम भएमा कर प्रयोजनका लागि मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरिएको छ । यी लगायतका बैंकहरुलाई लाभांश वितरण गर्न आधा दर्जन भन्दा बढी शर्त लगाइएको छ ।

यसअन्तर्गत सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गर्नुपर्ने, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकी नरहेको, तोकिएको पूँजी कायम गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको, नीतिअनुसार साधारण जगेडा कोषमा विनियोजन गरेको र सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रूपमा विक्रीवितरण गरेको हुनुपर्ने निर्देशमा उल्लेख छ ।

प्रकाशित : 7 October, 2020 11:25 am