काठमाडाै । नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको आरोप लगाएको छ । सोमबार उसले एक विज्ञप्ती जारी गर्दै हाल सरकारले लक्षण नदेखिएका कोरोना संक्रमित नागरिकहरुलाई घरमै बस्न भनेकोमा उक्त समितिले सरकारको यो नीतिको विरोध गरेको हो ।
विज्ञप्तीमा भनिएको छ– राजधानीमा दिनदिनै सयौंको संख्यामा नयाँ संक्रमितहरु थपिइरहेका छन्, यस्तो अवस्थामा उनीहरुलाई पनि घरमै बस्नु भनेर सरकारले पठाउँदा त्यसले झन् संक्रमणको जोखिम बढाउन सक्छ ।
आफ्नै घर भएका र घरमा सुविधा भएकालाई त सहज होला, तर पनि यहाँ डेरामा बस्ने तथा संयुक्त रुपमा डेरा भाडामा लिएर बस्ने नागरिकले कसरी व्यवस्थापन गर्ने ? अनि सबै संक्रमितलाई घरमालिकले घर बस्न दिएन भने के गर्ने ? यस्तो विषयमा सरकारले सोच्नुपर्दैन ?
पोजेटिभ देखिएका नागरिकलाई सरकारले सोध्नुपर्ने र यदि उनीहरुलाई डेरामा या घरैमा पनि असुविधा छ र उनीहरुबाट अरुलाई पनि संक्रमण हुने अवस्था छ भने उनीहरुलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्ने व्यवस्था हुनुपर्ने कांग्रेसको माग छ।
Comment