काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
कुल निष्काशन मध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याईएको छ । बाँकी २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि निष्कासन हुनेछ ।
सानिमाको आइपीओ बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।
असोज २१ गतेबाट निष्काशन हुने सेयर छिटोमा २५ गते र ढिलोमा कार्तिक ६ गते निष्काशन बन्द हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।





Comment