जनरल इन्स्योरेन्सको आइपीओ आइतबारदेखि, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

जनरल इन्स्योरेन्सको आइपीओ आइतबारदेखि, कति दिने आवेदन ?



काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनी नेपालले सर्वसाधारणका लागि आइतबार देखि आइपीओ विक्री खुला गर्दैछ ।

कम्पनीले कुल ३० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य कम्पनीले ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।

जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहनेछ ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।

आईपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ ।

प्रकाशित : 25 September, 2020 1:12 pm