आज देशभरका अदालत बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आज देशभरका अदालत बन्द



काठमाडौं । आज देशभरका अदालत नखुल्ने भएका छन् । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्नुभएको थियो । वि।सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए ।

प्रकाशित : १ आश्विन २०७७, बिहीबार ०८:०७