होसियार ज्यान जान सक्ला,तपाई कुन स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

होसियार ज्यान जान सक्ला,तपाई कुन स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?



काठमाडाै । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार १५:०५