अब मोबाइलबाट नै आइपीओ भर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

अब मोबाइलबाट नै आइपीओ भर्न सकिने



काठमाडाै । बुधबार मेरो शेयरको मोवाइल एप्स सार्वजनिक हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार उक्त मोवाइल एप सार्वजनिक गर्न लागेको हो ।

सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरि सकेको छ । आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि पनि त्यो सार्वजनिक गर्न लागिएको हो ।

पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।

हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ ।

बिशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ ।

अहिले मेरो शेयर सफ्टवयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने दाबी गरिएकाे छ ।

प्रकाशित : 15 September, 2020 9:56 pm