पैसा छ ? भदाै २८ गतेबाट ५० हजार कित्ता शेयर बिक्रीमा आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पैसा छ ? भदाै २८ गतेबाट ५० हजार कित्ता शेयर बिक्रीमा आउदै छ



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर भदौ २८ गतेदेखि विक्रीमा आउने भएको छ । नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्रीमा आउने भएको हो । यो शेयरको न्यूनतम प्रतिकित्ता मूल्य रू. २ हजार ३०० तोकिएकाले त्यसमा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर असोज ४ गतेसम्म विक्रीमा रहनेछ ।

शेयर खरिद गर्न चाहने इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नारायणचौर नक्साल वा प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर , नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

आवेदन दिदाँ न्यूनतम एक सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ता खरिदको माग गर्न सकिनेछ । यो शेयर प्राप्त गर्ने आवेदकहरुले नागरिक लगानीकोषले जारी गर्ने तयारी गरेको हकप्रद शेयरमा समेत आवेदन गर्न पाउनेछन् । कोषले १ बराबर शून्य ८२८४ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भदौ २२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार १८:२५