सामूहिक लगानी कोष नियमावली संशोधनः योजना व्यवस्थापकले लिने शुल्क योजनाको आयमा लेखांकन गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सामूहिक लगानी कोष नियमावली संशोधनः योजना व्यवस्थापकले लिने शुल्क योजनाको आयमा लेखांकन गर्नुपर्ने



नेपाल धितो पत्र बोर्डले सामूहिक लगानी कोष नियमावली संशोधन गरेको छ । सो नियमावली (चाैथो संशोधन) भदाै २४ गते बाट लागु गरेको हो ।


बोर्डले संशोधनमा योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुर्नखरिद गर्दा लिने शुल्क( एक्जिट फि) योजनाको आयमा लेखाङ्कन गर्नु पर्ने व्यवस्था गरेको छ ।

म्युचुअल फण्डका लगाानीकर्ताहरूले यसअघि आफ्नो लगानी फिर्ता लिन चाहेमा निश्चित शुल्क तिरेर योजना व्यवस्थापनकलाई इकाइ बिक्री गर्ने गर्थे । त्यस वापत लाग्ने शुल्क व्यवस्थापकले आफ्नो लेखाप्रणालीमा समावेश गर्ने गथ्र्यो । अब भने त्यो रकम योजनाको लेखा प्रणालीमा समावेश हुने भएको छ । यसो हुँदा योजनाका लगानीकर्ताहरूको एनएभी र प्रतिफल समेतमा वृद्धि हुनेछ ।

नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।

उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार १७:४२