४ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

४ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्जमा बुधबार नागबेली लघुवित्त वित्तीय संस्थाको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर सूचीकृत भएको छ । नागबेलीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई एक्वायर गरेर भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गरीसकेको छ । दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो । हाल कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहेको छ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार १५:४९