लाभाँश वितरणमा राष्ट्र बैंकको कडा नीति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

लाभाँश वितरणमा राष्ट्र बैंकको कडा नीति



काठमाडाै । नेपाल राष्ट्र बैंकले लाभाँश वितरणमा कडाइ गरेको छ । मंगलबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरेको हो ।

कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भए लाभांश घोषणा वितरण गर्न नपाइने ब्यबस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ ‘ कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाईने छैन । ‘

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार १८:५६