रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा



काठमान्डौ । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा आएको छ। RLI संकेत बाट शेयर लगानीकर्ताको मेरो शेयरमा देखिएको छ ।

इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका थिए। त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार २२:२९