१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज, काठमाडाैमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज, काठमाडाैमा कति ?



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार १६:४४