काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १२ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय १२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २३ हजार २ सय ९० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ५६ प्रतिशत हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७ सय ६६ रहेको छ भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ६ सय १५ छ भने संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ४ सय ९३ रहेको छ ।
देशभर कुल ७ लाख १८ हजार ४ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
Comment