निषेधाज्ञाको समयसीमा सकिँदै , तीनै जिल्लाका प्रजिअको यस्तो छ तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निषेधाज्ञाको समयसीमा सकिँदै , तीनै जिल्लाका प्रजिअको यस्तो छ तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले महामारी नियन्त्रणका लागि निषेधाज्ञा मात्र प्रभावकारी नभएको भन्दै कफ्यू लगाउन सिफारिस गरेको छ ।

फोरमको सिफारिसमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत कफ्र्यु लगाउने विषयमा सकारात्मक देखिएका छन् । निषेधाज्ञाको समयसीमा आज सकिँदै छ ।निषेधाज्ञालाई अहिले कै मोडालिटीमा थप गर्ने वा केहि खुकुलो बनाउने भन्ने विषयमा बुधबार बिहान ११ बजेदेखि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका हुन् ।

तीनै जिल्लाका प्रजिअ बिच ११ बजेदेखि भर्चुअल विधिबाट छलफल सुरु भएको हो । मंगलबार भएको छलफलका आधारमा एक साता थप गर्ने निर्णय गरेर गृह मन्त्रालयमा पठाईएको थियो । गृहबाट आएको निर्देशन अुनसार के गर्ने भन्ने विषयामा तीनै जिल्लाका प्रजिअ बिच छलफल सुरु भएको जिप्रका काठमाडौँले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १२:३२