भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन



काठमाडाै । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । सोमबार साँझ ८४ वर्षीया मुखर्जीको निधन भएको हो ।

उनका छोरा अभिजित मुखर्जीले प्रणव मुखर्जीको निधनबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । उनको केही दिन पहिले मात्र ब्रेन सर्जरी गरिएको थियो ।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार १९:३१