लगानीकर्ताले घरबाटै अनलाइनमार्फत युजरनेम तथा पासवर्ड लिन सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीकर्ताले घरबाटै अनलाइनमार्फत युजरनेम तथा पासवर्ड लिन सक्ने



काठमाडाै । लगानीकर्ताहरूले घरबाटै अनलाइनमार्फत युजरनेम तथा पासवर्ड लिन सक्ने भएका छन् । यसका साथै ग्राहक पहिचान विवरण (केवाइसी) पनि अनलाइनमार्फत नै अद्यावधिक गर्न सकिने भएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोना भाइरसकाे जाेखिमलाई दृष्टिगत गर्दै भाैतिक दूरी कायम राखी दोस्रो बजारमा काराेबार गर्न अनलाइन काराेबारलाई प्राेत्साहन गर्दै यस्ताे व्यवस्था सञ्चालनमा ल्याएकाे हाे ।

लगानीकर्ताले अनलाइन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको पनि नेप्सेले जानकारी दिएकाे छ ।

प्रकाशित : 26 August, 2020 12:36 pm