यी कारणले कोरोना संक्रमण काठमाडाै उपत्यकाका समुदाय स्तरमा पुग्ने खतराः स्वास्थ्य मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यी कारणले कोरोना संक्रमण काठमाडाै उपत्यकाका समुदाय स्तरमा पुग्ने खतराः स्वास्थ्य मन्त्रालय



काठमाडाै । उपत्यकामा कोरोना भाइरसका सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ तीव्र गतिमा हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय सरकार, प्रदेश सरकार र पालिकासँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिएको र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितलाई प्रयोगशालाबाट फोन आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गाैतमले ५० लाख जनसङ्ख्या भएको काठमाडाैमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण पुगेमा नियन्त्रण गर्न निकै गाह्रो हुने भएकाले कडाइका साथ मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् ।

यहाँ कोरोना संक्रमण समुदाय स्तरमा पुग्यो भने यसलाई कन्ट्रोल गर्न सकिदैन ।’ उनले भने , ‘ भेला, सम्मेलन, जुलुस नगर्न समेत सचेत गराएको थिए । यसको राम्रसँग पालना नभएको हुनाले, जनसंख्याको मापदण्ड फलो नगरेको, अत्यावश्यक काम पर्दा पनि घर बाहिर निस्किएको, मास्क नलगाएको, साबुन पानीले हात नधुएको र सेनिटाइजरको प्रयोग नगरेकोले संक्रमणको दर बढेको छ । ’काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलियो भने नियन्त्रण गर्न नसकिने बताएका छन् । कोरोनाको दैनिक प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता गौतमले भने, ‘हामीले धेरै पटक भनिरहेका छौँ, काठमाडौंमा कोरोना संक्रमणको दर बढीरहेको छ ।

मास्क नलगाइ हिँड्ने काम नगरि बाहिर हिँड्ने, बैठक भेला गर्नेहरुका कारण काठमाडाैमा जोखिम बढिरहेको पनि प्रवक्ता गौतमले बताए ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १७:२२