एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंक एकिकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंक एकिकृत कारोबार शुरु



एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आज (भदाै ७ गते ) आइतबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

दुवै बैंककाे असार २१ गते आइतबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले श्रावण २५ गते आइतबार र कम्पनी रजिष्ट्रार कार्यालयले श्रावण २८ गते बुधबार अन्तिम स्वीकृति दिइसकेका छन् ।

त्यसैगरी, एकीकृत कारोबार गर्ने प्रयाेजनका लागि भाद्र ५ गते शुक्रबार र ६ गते शनिबार बैंकका एटिएम तथा डिजीटल माध्यमबाट हुने काराेबारहरू केही अवरूद्द हुने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १४:४६