कागेश्वरी मनोहरामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , खहरे र वीरेन्द्रचोक सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कागेश्वरी मनोहरामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , खहरे र वीरेन्द्रचोक सिल



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंम्बर ९ अन्तरगत पर्ने खहरे–वीरेन्द्रचोक सिल भएको छ ।

कोरोना भाइरस संक्रमित बढी देखिएपछि काठमाडौं महानगर वडा नम्बर ३२ को सिमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ निषेध गरिएको नगरप्रमुख कृष्णहरि थापाले बताए ।

कागेश्वरी मनोहरामा अहिलेसम्म ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस मध्ये सबै भन्दा बढी वडा नम्बर ९ मा छन् । वडा नम्बर ९ मा अहिलेसम्म ३२ जनामा कोरोना देखिएको छ ।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार १३:३८