समाज लघुवित्तको आईपिओ निश्काशन, कति दिन सकिन्छ आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समाज लघुवित्तको आईपिओ निश्काशन, कति दिन सकिन्छ आवेदन ?



काठमाडाै । समाज लघुवित्तले पनि आज भदौ ४ देखि नै आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् । यस हिसाबमा १० कित्ताकोलागी मात्र वेदन दिनु उचित देखिन्छ । यद्यपि आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिन सकिने छ । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरे भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ३ जिल्ला कार्य क्षेत्र भएको यो कम्पनी सर्लाहीमा रहेको छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार ०९:४६