संक्रमण बढदै गएपछि कास्की जिल्लामा निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

संक्रमण बढदै गएपछि कास्की जिल्लामा निषेधाज्ञा



काठमाडाै । कोरोना भाइरस संक्रमण बढदै गएपछि कास्की जिल्लामा निषेधाज्ञा जारी गरीएको छ । प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै मंगलबारबाट एक हप्ताकालागि निषेधाज्ञा जारी गरेको हो ।

अतिआवश्यक बाहेकका सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। प्रशासनले एक हप्ता (भदौ ७ गते) सम्म आवतजावतमा कडाइ गरेको हो ।

अत्यावश्यक मालसमान बिक्री वितरण गर्ने पसलबाहेक अन्य ब्यापार व्यवसायमा समेत रोक लगाइएको छ। खाद्यान्न, फलफूल, मासु तथा दुधजन्य पसललाई पनि बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म मात्रै सञ्चालनका लागि अनुमति दिइएको छ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार १२:३७