काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण उच्च देखिएको क्षेत्रमा नियन्त्रणका लागि कर्फ्यु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिकार दिने निर्णय गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले उच्च सङ्क्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
Comment