काठमाडाै । करोना संक्रमितको संख्या बढ्दै जाँदा न्यूरोड, कलंकी, महाबौद्ध, कोटेश्वर लगाएत क्षेत्रका घर र टोल गरेर उपत्यकामा मात्र २९ ठाउँमा सिल गरिएको छ । संक्रमणको दर बढ्दै गए पछि बिभिन्न स्थानहरु सिल भएका छन् ।
सरकारले आधा कर्मचारीबाट काम चलाउन आव्हान गरेसँगै मन्त्रालयदेखि केही सरकारी कार्यालयले समेत कर्मचारीलाइ घरैबाट काम गर्ने व्यवस्था मिलाएका छन् ।
तर नीजि क्षेत्रका कार्यालय, केही सरकारी कार्यालय ,बजार-पसल आदि निरन्तर सञ्चालन भएका कारण बाटोघाटो लगायत ती क्षेत्रहरूमा चहलपहल र भीडभाड भने जारी नै छ।
Comment