अब न्यूनतम ५० कित्ता आइपिओ सर्वसाधारणलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब न्यूनतम ५० कित्ता आइपिओ सर्वसाधारणलाई



काठमाडाै । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । धितोपत्र बोर्डको साउन २२ को सञ्चालक समितिको बैठकले बुक बिल्डिङ्ग निर्देशिका- २०७७ लागू गर्न सिफारिस गरेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ग ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धी थप प्रक्रियागत व्यवस्थाहरु निर्देशिकामा आवश्यक व्यवस्था गरिएको छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा रहेको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १९:२१