काठमाडाै । भक्तरपुरमा २०६४ सालमा स्थापना भएको हितैषी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले नौ करोड रुपैयाँ ठगी गरेको छ । अध्यक्ष सन्तोष न्यौपानेले लगायत ले २ हजार ५ सय ५ जना सेयर सदस्यको सो रकम हिनामिना गरेका हुन ।
सो सहकारीका अध्यक्ष न्यौपाने, उपाध्यक्ष करुणा ढुंगेल र सचिव दिपक सिलवाल अहिले प्रहरी हिरासतमा छन् । संस्थाका एक उपाध्यक्ष, कोषाध्यक्ष राजन न्यौपाने र म्यानेजर विजय वस्नेत फरार रहेको बताइएको छ ।
Comment