समाज लघुवित्तको ८६ हजार कित्ता आइपीओको बिक्री भदौ ४ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

समाज लघुवित्तको ८६ हजार कित्ता आइपीओको बिक्री भदौ ४ देखि



काठमाडाै । समाज लघुवित्तको ८६ हजार कित्ता आइपीओको बिक्री भदौ ४ देखि खुल्ने छ । जसमा १ हजार कित्ता कर्मचारीलाई र ४ हजार ३ सय कित्ता सेयर सामुहिक लगानी कोषलाई आरक्षण गरिएको छ ।

बाँकी रहेको ८० हजार ७ सय कित्ता सेयर सर्वसाधारणको लागि खुलेको हो । यो सेयर गोलाप्रथाबाट नै बाँडफाँड हुने र मागभन्दा बढी आवेदन पर्ने हुँदा ८ हजार ७० जना आवेदकले मात्र न्यूनतम १० कित्ता सेयर पाउने छन् ।

समाज लघुवित्तले अहिलेसम्म नाफा भने कमाउन सकेको छैन । २०७५/७६ सम्म्मा २१ लाख १९ हजार घाटामा रहेको लघुवित्त गतवर्ष २४ लाख २८ हजार रुपैयाँले नाफामा जाने विवरण आह्वान पत्रमा उल्लेख छ ।

भदौ ४ देखि खुल्ने आइपीओको भदौ ८ गते बिक्री बन्द हुने छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ०८:१९