काठमाडाै । सरकारले भदौ ३१ गतेसम्म नेपाल प्रवेश गर्ने नाकामा कडाइ गर्ने भएको छ ।सरकारका अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन।
उनका अनुसार बैठकले गत जेठ १२ गतेको निर्णयमा २० वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्ने भनिएकोमा त्यसलाई संशोधन गरी १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।
नेपाल भारत सीमावर्ती १० वटा नाकामा काँकडभिट्टा झापा, रानी नाका मोरङ, माडर सिराह, गौर रौतहट, बीरगञ्ज पर्सा, बेहलिया रुपन्देही, कृष्णनगर कपिलवस्तु, जमुना बाँके, गौरीफन्टा कैलाली जिल्ला र गठ्ठा चौकी कञ्चनपुर जिल्लाका नाकाबाट मात्रै अब नेपाल प्रवेश गर्न पाइने छ । त्यसबाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने उनले बताए।
Comment