अजोड इन्स्योरेन्सको नाफा ५०.८५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको नाफा ५०.८५ प्रतिशतले बढ्यो



काठमाडौं । अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा ५०.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा अजोडले ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा इन्स्योरेन्सले ८६ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको जारी बीमालेख संख्या ९१ हजार २२७ रहेको छ भने नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार ९२ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १ हजार ९८० दाबी बापत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ। सो अवधिसम्ममा १४३ दाबी बापत ५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा कायम भएको छ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार ११:२७