एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड आज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ साउन २७ गते मंगलबार आज बाँडफाँड गरिने भएको छ। कम्पनीको आइपीओ मंगलबार बिहान ९ बजे सानिमा क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने भएको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

उक्त शेयर मंगलबार बाँडफाँड गर्न लागिएको हो। क्यापिटलले शेयर बाँडफाँड आफ्नो फेसबुक पेजमा समेत लाइभ गर्ने जनाएको छ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ०८:१८ 11 August, 2020 8:18 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।