काठमाडाै । पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका बिभिन्न क्षेत्रहरु धमा धम सिल गर्न थालिएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि सो क्षेत्र सिल गरिएको हो ।
१८ साउनमा ४ जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
जसमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका सो क्षेत्रमा किराना पसलमा सामान किन्न जानेहरू हुन् ।
यस्तै सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर २१ र १२ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ, ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ ।’
खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।
Comment