बैंक अफ काठमान्डूले संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमान्डूले संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने



काठमाडौं । बैंक अफ काठमान्डूले संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयरधनीको नाममा रहेको शेयर बिक्रीको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिने सुचनामा उल्लेख छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार १४:५६