सोल्टी होटलको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोल्टी होटलको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा



काठमाडाै । सोल्टी होटलले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गर्न थालेको छ ।

होटलले गत मंसिर २३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ अनिमात्र बोनस जम्मा गरिने होटलले जनाएको छ ।

सोल्टीको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र ११.३१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार १४:४६