काठमाडौं। प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री यादवलाई बुधबार कोरोना पुष्टि भएको मन्त्री यादव निकट स्रोतले जनाएको छ।
उनीहरुले जनकपुरस्थित मधेस भवनमा रहेको मन्त्री क्वार्टरमा आइशोलेशनमा रहेको स्रोतले जनाएको छ। मन्त्री यादवसँगै उनका सवारी चालक, सुरक्षा गार्ड र सशस्त्र प्रहरीका एक जना जवानलाई कोरोना पुष्टि भएको स्रोतले जनाएको छ।
यसअघि दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरी वीरगञ्जबाट निर्वाचित सांसद प्रदीप यादवलाईसमेत कोरोना पुष्टि भएको थियो।
Comment