आज देखि सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आज देखि सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने



काठमाडाै । आजबाट सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने भएको छ । बीमा समितिले कोरोना भाइरस बीमामा छुट दिने कार्यविधि लागु गरेसँगै सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा हुने भएको हो ।

कार्यविधि अर्थमन्त्रालयबाट स्वीकृत भएसँगै आजबाट लागु गरिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । कार्यविधि लागु भएसँगै सर्वसाधारणहरुले पनि कोरोना बीमा गर्दा ५० प्रतिशत छुट पाउने छन् । ५० प्रतिशत रकम सरकारले अनुदान दिने भएपछि सर्बसाधारणले अहिलेकोको भन्दा आधा रकम मै कोरोना बीमा गर्न सक्ने भएका हुन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० प्रतिशत अनुदानमा सर्वसाधारणका लागि कोरोना बीमा गर्ने घोषणा गरेको थियो । साथै, निजामती कर्मचारीलाई सरकारी अनुदानमा कोरोना भाइरस सम्बन्धी बीमा निशुल्क गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार ११:४७